गलकोट

बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीमा क्रियाशील लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले बस सेवा सञ्चालनमा ल्याएको छ । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार बस सेवा शुरु गरिएको सो सहकारीले जनाएको छ । संस्थाको शेयर सदस्यलाई लक्षित गरी ३२ सिट क्षमताको बस सेवा सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष कृष्ण छन्त्यालले जानकारी दिनुभयो । “बहुउद्देश्यीय सहकारीले नयाँ कार्यको थालनी गरेका हौँ”,उहाँले भन्नुभयो, “आफ्ना शेयर सदस्यले अन्यत्रका जिप तथा बसमा खर्च गर्ने रकम संस्थाले प्रदान गर्ने बस सेवा लिँदा दुवैलाई फाइदा हुने छ ।” बागलुङ बजारदेखि बिहु“ सुल्डाँडा हुुदै लेखानीसम्म सेवा प्रदान गर्न थालेको छ । सो स्थानसम्म सदस्यलाई रु ११० र अन्य यात्रुलाई रु १४० भाडा लिइने सहकारीका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । लालिगुरास बहुउदेश्यीय सहकारीमा लेखानीका एक हजार १०० शेयर सदस्य र रु एक करोड ५८ लाख शेयरपूजी रहेको छ ।

तपाईको प्रतिक्रिया