तेह्रथुम – पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन ।

६ थरी खेवाहरु मध्ये एक थरी तुम्खेवाहरु यतीबेला संगठित हुन थालेका छन । यही पुस २५ गते तेह्रथुमको धुर्पुजेडाडामा अन्तराष्ट्रीय रुपमा भेला भई संगठित बनेको अभीयान्ता पृथ्बीमान तुम्खेवाले बताए । ताक्लुङ यक(गढ) लाई शिरोपरी विश्वमा रहेका तुम्खेवालाई संगठित गराउँदै भाषा कला साहित्य सस्कार संस्कृतीको संरक्षण तथा सामाजिक बिकासमा काम गर्ने उदेश्यका साथ संगठित बनेको अभीयान्ता तुम्खेवाले जानकारी दिनु भयो ।

भुटान,भारत,सिगापुर,बेलायत तथा नेपाल लगायतका देशका तुम्खेवा लिम्बुको भेलाले संगठित बनाएको हो । भेलाले सिताराम तुम्खेवा र देवचन्द्र तुम्खेवाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिती गठन गरेको छ । संगठित बने सँगै तुम्खेवा लिम्बुहरुको बंशावली निमार्णका लागी अभीयान सुरु गर्ने,बिभीन्न मुलुकमा छरीएर रहेका तुम्खेवाहरुलाई संगठित गराउँदै जाने तुम्खेवा समुदायमा सामाजिक बिकास गर्ने लगायतका उदेश्यका साथ समिती निमार्ण गरीएको थियो । भेलामा तुम्खेवा बंशावली निमार्ण तथा संस्थागत बिकासको बिषयमा छलफल भएको थियो । भेलामा लिम्बु समुदायको मौलिक केलाङ नाच समेत प्रस्तुत गरीएको थियो ।

तपाईको प्रतिक्रिया