७० को दशकका सुपरस्टार विनोद खन्ना जब करियरको शीर्ष स्थानमा थिए, तब उनले आध्यात्मिक गुरु ओशोको शरण लिएर सबैलाई चकित पारेका थिए । अब उनका छोरा साक्षी खन्ना पनि आफ्नो पिताको कदममा चलिरहेको बताइएको छ

भारतीय भिडियामा प्रकाशित समाचारका अनुसार साक्षीले अध्यात्मको बाटो रोजेका छन् र ओशो इन्टरनेशनल जोइन गरेका छन् । साक्षी विनोद खन्नाकी दोस्रो श्रीमती कविताका छोरा हुन् । जब विनोद खन्नाले ओशोको शरण लिएका थिए तब उनी भारतमा निकै कम देखिन्थे । लामो समयपछि जब उनी फिल्मी क्षेत्रमा  फिर्ता भए ।

उनी सन् १९८७ मा फिल्म इन्साफमार्फत् पुनः फिल्ममा देखिए । तर उनले पुरानो स्टारडम हाँसिल गर्न सकेनन् ।आखिर विनोद खन्नाले सन्यास किन लिए भनेर धेरैलाई थाहा छैन । कतिले विनोदले परिवार र करियरलाई सम्हाल्न नसकेका कारण यस्तो निर्णय लिएको बताए ।

स्मरण रहोस् सन्यासबाट फिर्ता भएपछि उनको पहिलो श्रीमती गिताञ्जलीसँग सम्बन्धविच्छेद भयो त्यसपछि उनले कवितासँग विवाह गरेका थिए ।

बलिउडमा डेब्यू गर्ने फैलिएको थियो हल्लाः

करिब चार वर्ष अघि साक्षीले मिलन लुथरियाको फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेको खबर फैलिएको थियो ।

तर न त उनले बलिउडमा डेब्यू गरे न नै यसको कारण पत्ता लाग्यो । यस्तै, विनोद खन्नाका जेठो छोरा अक्षय खन्ना बलिउडका चिर परिचित नाम हुन् । सन् २०१९ मा उनको फिल्म सेक्सन ३७५ रिलिज भएको थियो । फिल्मले अत्यधिक चर्चा पनि पाएको थियो ।

तपाईको प्रतिक्रिया