काठमााडैं – लिम्बू पत्रकार संघ उपत्यका समिति काठमाडौंको तेस्रो अधिवेशनले एमपी सुब्बाको अध्यक्षतामा नयाँ नेतृत्व पाएका छन् ।

काठमाडौंको बागबजारमा सम्पन्न अधिवेशनले संघको उपाध्यक्ष सुक तुम्रोक, सचिव महेश लिम्बू र कोषाध्यक्ष सम्पदा योङ्यालाई निर्वाचित गरेको छ ।

यस्तै, समितिका सदस्यहरुमा अविन लिम्बू, शारिका चोङबाङ, विकेश लिम्बू, रोहित आङ्बो, सेरिहाङ लिङ्देन र पर्शुराम लिम्बू, सोनिया लिम्बू, एसिका सम्बाहाङ्फे र दिलीप सेर्मा निर्वाचित भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा ११ जनालाई चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा रोशन साँवा, कुलचन फोम्बो, सेन्छेलुङ पतङवा, धनबहादुर फागो, रीतुहाङ थेबे र विश्व साम्याङखाम रहेका छन् । यस्तै, रीता लिम्बू, रोशना सुब्बा, शैलेन्द्र थेबे, जीवन लिम्बू र कृष्ण थलङलाई पनि केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।

तपाईको प्रतिक्रिया