राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया