रसुवा -रसुवाको बैङ्किङ क्षेत्रमा प्रसिद्ध बैंकर तथा नेपाल ईन्भेष्टमेन्ट मेगा बैङ्कका प्रबन्धक क्षोक्याल दोर्जे लामा एक दशक लामो अवधि आफ्नो जन्मभूमिमा जिल्लावासीलाई सेवा दिँदै आजदेखि राजधानी सरुवा भएका छन् ।

पढेर आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने मान्यता लिएका लामाले ईस २०११ मा ईङल्यान्डको भिसा पाएर पनि नगई आफ्नै जिल्लामा कार्य सुरु गरेका थिए । जुन कमैलाई जानकार छ । भने बिचमा काम छोडेर अर्कै पेसा अङ्गाल्न पनि परिवारबाट प्रेसर आएको बताउँछन् लामा तर आफू व्यवस्थापनको विद्यार्थी भएका कारण बैङ्कमा आफ्नो पहिचान बनाएर समाजमा एक उदाहरण बनेर देखाउने अठोटका साथ निरन्तर लागि परेको लामाले बताए ।

रसुवा माविमा अध्ययनरत विद्यार्थीहरू मध्ये लामा एक उदाहरणीय र सफल विद्यार्थी पनि हुन् । उनका समकक्षीहरूका अनुसार लामा विद्यार्थी कालदेखि नै सरल र इमानदार स्वभावका भएको बताउँछन् ।

प्रबन्धक लामाले ‘क’ वर्गका बैङ्कमा बि स २०६९ साल स्याफ्रुबेशी स्थित मेगा बैङ्कमा क्यासियरबाट आफ्नो बैङ्किङ करियर सुरु गरेका हुन् । मिहिनेत र इमानदारिताका कारण उनी २०७३ मा तत्कालीन जनता बैङ्क धुन्चे शाखाको सहायक प्रमुख भएर कार्य गर्ने अवसर पाएका थिए । मेगा बैङ्कमा एक इमानदारी, लगनशील कर्मचारीको छवि बनाउन सफल लामालाई तत्कालीन जनता बैङ्क तथा हालका ग्लोबल आएमई बैङ्कमा कार्य गरेको १ वर्ष नपुग्दै पुरानै आफू कार्यरत मेगा बैङ्कको शाखा प्रमुखको जिम्मेवारमा फर्कियो ।

बिदाइ तथा फेरि भेटौला कार्यक्रममा प्रबन्धक लामाले आफ्नो कार्य अवधिमा सहयोग तथा समन्वय गरिदिएका सम्पूर्ण सरोकार पक्ष अर्थात् सम्पूर्ण ग्राहक महानुभाव, स्थानीय बुद्धिजीवी, सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाहरूलाई कर्मचारीहरूलाई धन्यवाद दिए ।

सरल, मिजासिलो र इमानदार छविका धनी प्रबन्धक लामा आफ्नो बैङ्किङ कार्यको अलावा समाजसेवामा पनि त्यति कै सक्रिय छन् भने सधैँ सहयोगी भावना भएका लामाले केहीलाई विभिन्न सङ्घ संस्थाहरूमा समन्वय गरी रोजगार पनि दिलाएका छन् जुन व्यक्तिहरू उहाँ प्रति आभार प्रकट गर्छन् ।

प्रबन्धक लामा शाखा प्रमुख भए पश्चात् पनि स्याफ्रुबेशी रहँदै पटक पटक आन्तरिक बढुवा हुन सफल भएका थिए । उनले पटक पटक कार्यसम्पादनमा उत्कृष्टको प्रशंसा पत्रहरू कार्यकारी अधिकृतबाट हात पारेका थिए ।

हाल तत्कालीन नेपाल मेगा बैङ्क लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैङ्क लिमिटेड बिचको बिग मर्जर पस्चात नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड भएका हुन ।

प्रबन्धक लामाले स्याफ्रुबेशी शाखाको प्रमुखको जिम्मेवारी समालेर ६ वर्ष पूरा भएका छन् भने ५ वर्ष सहायक भएर कार्य गरेका थिए । उनी स्याफ्रुबेशीका प्रमुख हुँदा आफ्नो मुनाफामुखी कार्यको अलावा स्थानीयको प्रबन्धकको नाताले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब दिन दुखी, बृद्धबृद्धा, बालक सबैलाई कहिले भूकम्पको राहत वितरण गरेर‚ कहिले सामाजिक सुरक्षा भत्ता वितरण जस्ता विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सक्रिय भूमिकामा रहेका कारण सबै गाउँका बालक देखि वृद्ध सम्म सबै सँग नजिक हुन सफल छन् ।यति मात्र नभएर लामाले शाखाबाट हाल सम्म तीन जना गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति दिएर पडाइरहेका छन् । त्यी मध्ये एक जनाले १२ कक्षा सकेर काठमाडौँमा स्नातक पढिरहेकी छिन भने दुई जना रसुवा मै पढिरहेकी छन् ।

आफ्नो कार्यकालमा कसैको दबाब र प्रभाव विना साना तथा मझौला उद्यमीहरू प्रवर्द्धनका लागि कर्जा प्रवाह गरी सहयोगी भूमिका निभाएका उनले समानुपातिकता ढंगाले समेत सबै गाउँका कृषक तथा महिला उद्मामीहरूलाई अनुदान कर्जा प्रवाह गरी समाजमा आर्थिक स्तर उकास्न पनि सहयोगी भूमिका खेलका छन् ।

आफ्नो बैङ्किङ कार्यकालमा सीप भएका र केही व्यवसाय गरौँ भन्ने सोच भएका तर थोरै पुँजी नपुगेका नव उद्यमीहरूलाई कर्जा मार्फत वित्तीय सहयोग गरेकाहरू धेरै लखपति र करोडपति पनि भएको बताउँछन्‚ प्रबन्धक लामा ।

कर्मचारी बरून कार्कीका अनुसार प्रबन्धक लामाको कार्य अवधि सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले आन्तरिक तथा बाह्य सबै चिजको सही व्यवस्थापन गर्न सक्ने अब्बल र असल प्रबन्धक रहेको बताए ।

कार्यक्रममा बिदाइको लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कका कर्मचारी, प्रभु र एनआइसी बैङ्कका प्रबन्धक तथा कर्मचारीहरू लगायत स्थानीय बासीहरूको धेरै उपस्थितिमा बिदाइ कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया