काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ -माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।

केन्द्रीय कमिटीको बैठकले संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत घोषणा गरेको छ । 

यस्ता छन् कार्यक्रम

-पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम,

-पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। स्थान भने तय भएको छैन, 

-पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने। सात दिनभित्र प्रदेश कमिटीको बैठक गर्ने,

-पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुने। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम,

-पुस १४ गते राजधानी र जिल्ला-जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम,

-पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक,

-पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम,

-पुस १४ सम्ममा जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र  भेला,

-राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम हुने, 

 

तपाईको प्रतिक्रिया