काठमाडौं – नम्रता श्रेष्ठ मिस नेपाल बनेकी छन्। शनिबार अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन्।

नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

मिस नेपाल सुपरनेशनल सिमल कान्यूजिया मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस नेपाल अर्थ  सुप्रिया श्रेष्ठ विजेता घोषणाभएका छन्। मिस हेल्दीको उपाधि नेहा सरकारले उचाल्दा मिस फोटोजेनिकको उपाधि आस्तिका श्रेष्ठले जितेकी छिन्। मिस ग्ल्यामरको उपाधि योजना भट्टराईले जितेकी छिन् भने मिस स्टाइलिस मेरिसा सिंह सुवालले जितेकी छिन्। 

तपाईको प्रतिक्रिया