काठमाडौं – गौतम बुद्ध फिल्मस् प्रा.लि. ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० ( सिजन -२ ) को उपाधी सिन्धुपाल्चोकका मिङमार छिरिङ शेर्पाले हात पारेका छन् भने मिस टीन तर्फ सोलेखुम्बुकाका आङदाली शेर्पाले हात पारेकी छन् ।

दुबै जनाले शीर्ष उपाधी संगै ३० /३० हजार नगद पाएका छन् भने मिस टीन तर्फ आङदालीले शीर्ष उपाधी सहित बेष्ट ट्यालेन्ट आफ्नो पोल्टामा पारिन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा मिस्टर टिन शेर्पा तर्फ क्रमशः फस्ट र सेकेण्ड रनरअप सोलुखुम्बुका आङ छिरी शेर्पाले २० हजार नगर सहित बेष्ट ट्यालेन्ट र रामेछापका लाक्पा साङगे शेर्पाले १० हजार नगद सहित पङच्वाललिटी हात पारेका छन् ।

त्यस्तै मिस टिन शेर्पा तर्फ फस्ट रनरअफ सिक्किमका डोमदिकी शेर्पाले २० हजार नगद सहित बेष्ट वाक र सेकेण्ड रनरअफ सोलुखुम्बुका ल्हमु शेर्पाले १० हजार नगद हात पारिन् ।

भिडियो….


तपाईको प्रतिक्रिया