काठमाडौँ – मिस्टर एण्ड मिस टिन शेर्पा २०७६ सिजन – २ को लागि आवेदन खुलेको छ ।

गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गर्दै आएको मिस्टर एण्ड मिस टिन शेर्पाको आवेदनबारे यसै संस्थाका अध्यक्ष छिरिङ्ग डोमा शेर्पाले एक पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले भनिन् – ‘शेर्पा समुदायका किशोर किशोरीहरूको व्यक्तित्व विकास तथा आफ्नो भाषा , कला र संस्कृति संरक्षण लागि यस्ता कार्यक्रमहरु गर्न जरुरी रहेको छ । ’

अध्यक्ष शेर्पाका अनुसार मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने र प्रतियोगिताको अडिसन मंसिर २८ गतेदेखि हुनेछ । प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ माघ १ गते बुधबार काठमाडौँको प्रज्ञा भवनमा हुने जानकारी समेत गराइन् ।

तपाईको प्रतिक्रिया