किरण थापा

काठमाडौं – जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश स्तरीय बैठक महासङ्घको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको छ।

नेकपा केन्द्रीय सदस्य समेत रहनु भएका जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश ईन्चार्ज क. प्रेमनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले देशमा उत्पन्न राजनीतिक घटनाक्रमलाई मध्यनजर गरी बाग्मती प्रदेशमा रहेका सबै जिल्ला र महासङ्घ अन्तर्गतका घटक संगठनहरूलाई थप चलायमान र सक्रिय बनाउन जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

जसका लागि संयोजन र सहजिकरणको भूमिका क्रमशः माधव प्रधान र आर.सी. न्यौपानेलाई प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा ’को केन्द्रीय सदस्य तथा जन सांस्कृतिक महासङ्घ, नेपालको संयोजक क. खगेन्द्र राईले समसामयीक बिषयमा प्रशिक्षण दिनु भएको थियो।

तपाईको प्रतिक्रिया