दमौली (तनहुँ) – तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेकाले मस्र्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ ।

तपाईको प्रतिक्रिया