मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ।
एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएको छ।
सरकारले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा राष्ट्रपतिका लागि नयाँ चुनाव नहुँदासम्म गुएइदोलाई मान्यता दिइएको उल्लेख छ।
वक्तव्यमा ४८ घण्टाभित्र सबै कुटनीतिज्ञहरु फिर्ता लैजान भेनेजुएला सरकारलार्य जानकारी दिइसकेको पनि जनाइएको छ।