काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा भव्य समारोहबीच नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्नुभयो ।

यस बाहेका नेपाल भ्रमण वर्ष शुभारम्भ भएको अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समारोहहरु आयोजना गरिए ।

यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ ।

विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ । झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नाका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगायतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो ।

तपाईको प्रतिक्रिया