![](https://namastetimes.com/wp-content/uploads/2020/01/e0a4a1e0a581e0a4ace0a587e0a4b0-e0a4a6e0a581e0a488-e0a4ace0a4bee0a4b2e0a495e0a495e0a58b-e0a4aee0a583e0a4a4e0a58de0a4afe0a581-1-650x343.jpg)
जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ ।
नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।