काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।

उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया