काठमाडौँ – प्रेस सङ्गठन नेपाल राष्ट्रिय समाचार समिति (रासस) शाखाको एकीकृत कार्यसमितिले आज पूर्णता पाएको छ ।

कृष्णराज गौतमको संयोजकत्वमा गठित कार्यसमितिमा सह–संयोजक सुशील दर्नाल र सदस्यमा रामलाल श्रेष्ठ, तिलक भुसाल, शशि अधिकारी, कुमारी कमला पौडेल, मुना भण्डारी, रेशमा शाक्य, नवीन पौडेल, पूर्णबहादुर कार्की र जमुना धमला सदस्य हुनुहुन्छ ।

रासस केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित भेलामा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकार ‘श्यामल’, प्रेस सङ्गठन प्रतिष्ठान प्रदेशका इञ्चार्ज रामकुमार एलन, प्रतिष्ठान संयोजक वीरेन्द्र ओली, राससका प्रधानसम्पादक श्याम रिमाल, सङ्गठनका केन्द्रीय सदस्य प्रकाश सिलवाल र सञ्चिता घिमिरे तथा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका संयोजक प्रेमप्रसाद उपाध्यायलगायतको उपस्थितिमा सम्पन्न भेलामा कार्यसमितिलाई पूर्णता दिइएको घोषणा गरिएको हो ।

सोही अवसरमा राससका कार्यकारी अध्यक्ष ‘श्यामल’ ले मिडियाको पनि मिडियाका रुपमा रहेको राज्यको समाचार समिति राससलाई गतिशील बनाउन व्यवस्थापन र पत्रकार सङ्गठनबीच सिर्जनात्मक सहकार्य हुनुपर्ने बताउँदै श्रमको उचित सम्मान गर्दै काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । प्रेस सङ्गठन प्रतिष्ठान प्रदेशका इञ्चार्ज एलन र प्रतिष्ठान संयोजक ओलीले प्रेस सङ्गठन रासस शाखालाई अझै बलियो र सक्रियरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया