काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरूप्रति उच्च सम्मान व्यक्त गरेका हुन्। 

उनको सन्देशमा भनिएको छ, ‘राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु। यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु।’ 

तपाईको प्रतिक्रिया