काठमाडौँ । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई अनायासै पदमुक्त गरेको निर्णयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ।

पार्टीले सरकारको पछिल्लो कदमलाई अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण भएको टिप्पणी समेत गरेको छ ।

‘पाँच वर्षका लागि संवैधानिकरूपमा नियुक्त भएका प्रदेश प्रमूखहरूलाई हालको प्रमूख प्रतिपक्षि र तत्कालिन सत्तारूढ पार्टी नेपाली काँग्रेसको सरकारले नियुक्त गरेकै कारण एकै पटक पदबाट हटाउनु हेर्दा संविधानको परिधिभित्र देखिने तर अभ्यासमा अनुदार लोकतन्त्रको अर्को ज्वलन्त उदाहरण हो,’ पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारको उक्त निर्णय पुर्वाग्रह र दुराग्रहपूर्ण तथा भविष्यका लागि गलत नजिर स्थापित गर्ने प्रकृतिको गैर(राजनीतिक कदम भएको पार्टीको जिकिर छ। यस्तो रवैयाबाट देशमा सुसंस्कृत राजनीति स्थापित हुन नसक्ने पार्टीको ठहर छ।

‘दुई–तिहाई समर्थन प्राप्त शक्तिशालि सरकारले देशलाई विकास र संवृद्धिको मार्गमा डोर्याउन गर्नु पर्ने अनगिन्ति कामहरू छन् तर सरकार बारम्बार देशको रूपान्तरणका प्रमुख मुद्दाहरूमा प्रवेश नै नगरि ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भने झैँ तपशीलका विषयहरूमा अल्झिनु अत्यन्तै खेदजनक विषय ह,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया