नेपाल शेर्पा संघको छैठौं महाधिवेशन बन्द सत्र तथा निर्वाचन मण्डलको अध्यक्षता गरिरहेका पुर्व सांस्कृतिक तथा पर्यटन मन्त्री कृपासुर शेर्पाले पत्रकार माथि दुव्र्यवहारको प्रयास गरेको छ । बन्द सत्र चलिरहदा केही विवाद भए पछि पत्रकारले भिडियो खिच्न खोज्दा क्यामेरा खोस्ने प्रयास गरिएको थियो ।

उक्त कार्यक्रममा निर्वाचन मण्डलले घोषणा गरेको नयाँ कार्य समितिको विषयमा भातृ संघठनहरुले आपत्ती जनाएपछि निर्वाचन मण्डल र केही संघसंस्था विच विवाद उत्पन्न भएको थियो सोही क्रममा पुर्व मन्त्रीले क्यामेरा खोस्न प्रयास गरेको हो ।

तपाईको प्रतिक्रिया