काठमाडौं – भारतमा बनिरहेको नेपाली रेलले अन्तिम आकार लिन थालेको छ। नेपालमा संचालित आफ्नै रेलको रुपमा यो केही समयपछि नेपाल आइपुग्ने रेल विभागले जनाएको हो।

जयनगर(विजलपुर रेलमार्ग खण्डमा रेलसेवा संचालनको लागि निर्माणाधिन यो डेमो ट्रेन सेट निर्माणको अन्तिम चरणमा पुगेको हो। यो रेल खरिद प्रक्रियामा विभागले अघि बढाइसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

विभागका अनुसार नेपालले खरिद गर्न लागेको यो डिजल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन सेट हो। प्रतिघण्टा १ सय किलोमिटरभन्दा बढी दूरी कुद्न सक्ने यो सेट मध्यम दूरीका लागि उपयुक्त मानिन्छ।

यसमा ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा डिब्बा हुने विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया