ओखलढुङ्गा : ओखलढुङ्गाको पोकली झरनामा पर्यटक भित्र्याउन सुरु गरेको छ। नेपा पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा पोकलीमा सांस्कृतिक महोत्सवको आयोजना गरी पर्यटक भित्र्याउन थालिएको हो।

देशकै दोस्रो अग्लो झरनाका रुपमा रहको पोकली झरनाको प्रवर्द्धनका लागि विभिन्न पूर्वाधर निर्माण गरिएको र मेला तथा महोत्सव गरी २० हजार पर्यटक भित्र्याउने लक्ष्यका लागिपरेको पोकली झरना सेवा समाजका अध्यक्ष मिलनकुमार विष्टले बताए।

उनले पर्यटकहरुको  सुविधाका  लागि स्थानीयहरुका घरलाई होमस्टेमा परिणत गर्न  लागेको बताए।  सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा अनुसार पोकली झरनामा २० हजार पर्यटक पुर्‍याउने योजना स्थानीयले तयार गरेका छन्।

जसका लागि महोत्सवसहितका औपचारिक कार्यक्रम गरी झरना र पोकली क्षेत्रको विशेषतासहितको बृतचित्र बनाएर प्रचारप्रसार तयारीमा रहको पोकली झरना सेवा समाजका अध्यक्ष बिष्टले बताए।

यस्तै भएको छ फिल्म ‘लप्पन छप्पन–२’ युनिटमा पनि । छायाँकनमा निस्किन लागेको यो फिल्म अहिले अभिनेता दयाहाङ राईले छोडेका छन् । निर्धारित मितिमा फिल्मको छायाँकन नभएको भन्दै राईले फिल्म छोडेका हुन् ।

फिल्म छायाँकनका लागि दयाहाङले ‘लप्पन छप्पन–२’ का लागि दसैँ अगाडि सम्मको समय छुट्याएका थिए । तर, समयमा फिल्म छायाँकन हुन नसकेपछि उनले छोडेका हुन् ।

दयाहाङले तिहार पछिको समय उपेन्द्र सुब्बाको फिल्म ‘जारी’लाई दिएका थिए । दुबै फिल्मको सुटिङ एकै समय हुन लागेको कारण दयाहाङले ‘लप्पन छप्पन २’ छाडेका हुन् ।

फिल्म ‘जारी’को छायाँकन अहिले पाँचथरमा भइरहेको छ । फिल्ममा दयाहाङको जोडी अभिनेत्री मिरुना मगर रहेकी छन् ।

दयाहाङले ‘लप्पन छप्पन–२’ बाट हात झिकेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेता शिव श्रेष्ठका जेठा छोरा शक्तिलाई अनुबन्ध गरेको छ ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका शक्तिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्न लागेका थिए । तर, छायाँकन पुरा नहुँदै फिल्मको छायाँकन रोकिएको थियो ।

तपाईको प्रतिक्रिया