लहान  – प्रदेश–२ सरकारले प्रेस ब्रिफिङमार्फत मंगलबार २३ जना व्यक्ति आइसोलेसनमा भर्ना रहेको सार्वजनिक गरेको छ। आइसोलेसनमा रहेका २५ मध्ये दुई जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई ‘तपाईहरू ढुक्क भएर घर जानुस्,’ भन्दै मंगलबार डिस्चार्ज गरिएको थियो।

हाल प्रदेश २ मा एक सय २० वटा आइसोलेसन शड्ढया व्यवस्था गरिएको तथा आवश्यकताअनुरूप आइसोलेसन कक्ष थप गर्दै जाने बताइएको छ। तर यहाँको आइसोलेसन कक्ष र त्यसमा राखिएका शड्ढयाहरूको अवस्था कस्ता छन् ? भर्ना भएका बिरामीको हेरचाह कसरी हुन्छ ? यी विषय भर्ना भएका बिरामीभन्दा बढ्ता कसलाई थाहा हुन सक्छ।

तपाईको प्रतिक्रिया