इलाम – नेपाल पत्रकार महासङ्घ इलामले क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गर्ने उद्देश्यले रु ५० हजार राशिको कोष स्थापना गरेको छ । इलाम नगरपालिकाबाट रु २५ हजार र शाखाको तर्फबाट रु २५ हजार गरेर रु ५० हजारको कोष स्थापना गरिएको हो । क्रियाशील पत्रकार महिला पुरस्कार कोषको आइतबार शाखाको १६ औँ साधारणसभामा घोषणा गरिएको थियो । कोषबाट पत्रकार महासङ्घको स्थापना दिवसको अवसरमा जिल्लामा क्रियाशील एक पत्रकार महिलालाई रु १० हजार राशिको पुरस्कृत गरिने छ ।

कोषका लागि पत्रकार महासङ्घ इलाम शाखाकी केन्द्रीय पार्षद रीता राराहाङ राईलाई रु पाँच हजार ५५५ र प्रदेश समिति सदस्य केशव लामाले रु दुई हजार उपलब्ध गराउनुभएको छ । महासङ्घका सचिव ख्याम भुजेलका अनुसार कोष वृद्धि कार्यविधि व्यवस्थापनलगायत कामका लागि कार्यसमिति सदस्य बुद्धमाया सोङ्मीको संयोजकत्वमा महासङ्घ जिल्ला शाखा उपाध्यक्ष कौशिला राई र कार्यसमिति सदस्य विनय तिम्सिना सदस्य रहेको उपसमिति गठन गरिएको छ । भुजेलका अनुसार कोषलाई वृद्धि गरेर निकट भविष्यमै रु दुई लाख पु¥याउने योजना छ ।

यस्तै, महासङ्घले गएको वर्ष मात्रै रु ५० हजारको ‘आपत्कालीन राहत कोष’ स्थापना गरेको छ । सक्रिय पत्रकारको भैपरी आउने घटनामा आर्थिक सहयोग पु¥याउन महासङ्घले कोष खडा गरेको हो । कोषको रकम हाल रु एक लाखभन्दा माथि पुगेको छ ।

महासङ्घ शाखा अध्यक्ष कोकिला ढकालका अनुसार सोही कोषबाट जिल्ला शाखाका दुई पत्रकारलाई आर्थिक सहयोग गरिसकिएको छ । दुर्घटनामा परेको दुई पत्रकारलाई शाखाले रु १० हजार प्रति व्यक्ति रकम उपलब्ध गराएको हो । ढकाल पत्रकार महासङ्घकी हालसम्मकै एक मात्र शाखा महिला अध्यक्ष हुनुहुन्छ । ढकालकै कार्यकालमा स्व पत्रकार आशिष स्मृति पुरस्कार कोषको रकम भने रु एक लाख पु¥याइएको छ । साविक मेचीका एक उदीयमान पत्रकारलाई यो पुरस्कारबाट पुरस्कृत गरिन्छ । शाखाले जिल्लाका पत्रकारको दुर्घटना बीमाको लागिसमेत प्रक्रिया शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया