काठमाडौँ – प्रेस सङ्गठन नेपाल, प्रतिष्ठान प्रदेश कमिटीले सञ्चारगृहलाई श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारलाई सेवा उपलब्ध गराउन आग्रह गरेको छ । प्रतिष्ठानका संयोजक वीरेन्द्र ओली र सहसंयोजक हरिवल्लभ नेपालले आज विज्ञप्ति जारी गर्दैै नागरिक दैनिक, रिपब्लिका दैनिक र कारोवार दैनिकमा ऐन अनुसारको सेवासुविधा दिन आग्रह गर्नुभएको हो ।

ती दैनिकमा कार्यरत पत्रकारले श्रमजीवी ऐनअनुसार सेवा सुविधा नपाएकाले उनीहरुका मागप्रति ऐक्यबद्धता जनाउँदै चाँडो श्रमजीवी पत्रकारको माग सम्बोधन गर्न सञ्चारगृहसँग सङ्गठनले आग्रह गरेको छ । विज्ञप्तिमा पत्रकारलाई अहिलेसम्मको काम गरेको सेवा सुविधा दिई काम गर्न वातावरण मिलाउन समेत माग गरिएको छ ।

तपाईको प्रतिक्रिया