काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९।५१ विन्दुले बढेर एक हजार ३२५।३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३।५७ ले बढेर २८१।७६ मा पुगेको छ ।

नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ । व्यापार १५।३१ ले घटदा बैंकिङ १८।२५, होटल २४।०८, विकास बैंक १६।४३, जलविद्युत् ९।६६, वित्त ६।३६, निर्जीवन बीमा २२४।६४, उत्पादन ९।४२, अन्य १।९२, लघुवित्त १८।६, जीवन बीमा १६८।६३ र सामूहिक लगानी कोष ०।०४ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो । यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९।८६, युनाइटेड फाइनान्स ८।९३, हिमालयन जनरल इन्स्योरेन्स ८।२९, युनाइटेड इन्स्योरेन्स ७।३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७।२४ प्रतिशतले कमाए । त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५।३५, नाडेप लघुवित्त ४।९८, गोर्खाज फाइनान्स ४।६८, कर्णाली डेभलपमेन्ट बैंक ३।६०, घोडीघोडा लघुवित्त ३।२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २।८५ प्रतिशतले गुमाए ।

तपाईको प्रतिक्रिया