काठमाडौं ३ पौष / काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गाको लिजमा दिने रलिने प्रक्रिया कानुनी रूपमै गरिएको पुष्टि भएको छ। ट्रस्टले २०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकबोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रस्टको कागजातबाट पुष्टि भएको हो।

नेपाल ट्रस्टको कार्यालयले काठमाडौं महानगरपालिका(१ स्थित दरबारमार्गमा रहेको कि.नं. ४६०६ को क्षेत्रफल १-१४-०-० को जग्गा प्रतिस्पर्धाबाट बढी रकममा प्राप्त गरेको देखिएको छ। साख स्टिल इन्डस्ट्रिज र अदृष्यरलियन जे।भि।ले पनि टेन्डर फारम भरेका थिए। तर थामसेर्कुले झण्डै दोब्बर रकम बढी कबोल गरेपछि टेन्डर प्राप्त गरेको ट्रस्ट कार्यालयको भनाइ छ। थामसेर्कुले एक अर्ब ४० करोड १० लाख ८६ हजार ७५ रूपैयाँ कबोल गरेको थियो भने दोस्रोमा साख स्टिल इन्डस्ट्रिजले ६२ करोड २४ लाख ५८ हजार ८ सय १६ र अन्तिममा अदृष्य र लियन जे.भिले २६ करोड २८ लाख रूपैयाँ कबोल गरेका थिए।

प्रकाशित टेण्डरअनुसार उक्त जग्गा बढी कबोल गर्ने थामसेर्कुले ३० वर्षको लिज प्राप्त गरी २०७४ जेठ १४ मा नेपाल ट्रस्टको कार्यालयबाट लिज सम्झौता गरेको थियो। ट्रस्टले टेण्डर सूचनाको सर्तअनुसार निर्माण अवधि ३ वर्षसम्म वार्षिक भाडा प्रतिवर्ष ५० लाख र निर्माणअवधि समाप्त भएपछि वार्षिक भाडा रकम ४ करोड ५० लाख रूपैयाँ बुझाउने सम्झौता गरेको छ। थामसेर्कुले काठमाडौं महानगरपालिकाबाट २०७४ पुस ३० मा नक्सा पास गरी करिब ५० करोड लगानीमा निर्माण सम्पन्न गरी गत साउन १४ मा महानगरबाट निर्माण सम्पन्नको प्रमाणपत्र प्राप्त गरिसकेको थामसेर्कुका दिपेन्द्र बस्नेतले बताए। निर्माण र भाडामा ठूलो लगानी खर्च भए पनि त्यसबाट आम्दानी भने हालसम्म भएको पाइएको छैन।

थामसेर्कुले लिजका लागि कबोल गरेको टेण्डर विवरण

लिज सम्झौताको सर्तअनुसार प्रत्येक ५र५ वर्षमा लिज सम्झौताको भाडा रकममा ५ प्रतिशतका दरले वृद्धि हुँदै जाने र लिज अवधि ३० वर्ष समाप्त भएपछि कम्पनीले सम्पूर्ण भौतिक संरचना नेपाल ट्रस्टको कार्यालय बुझाउनुपर्ने हुन्छ। ठूलो लगानी भएकाले तत्कालै कम्पनीले आम्दानी गरी नाफा कमाउने देखिँदैन।

ट्रस्टलाई बुझाउने रकम एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ र भौतिक संरचना निर्माणमा खर्चेको ५० करोड गरी २ अर्ब बढी थामसेर्कुले खर्च गरिसकेको छ। लगानीकर्ताहरू बैंकबाट लिएको ऋण उकास्न समस्या हुने भन्दै नयाँ योजना बनाउने तयारीमा जुटेको स्रोतको भनाइ छ। तर, सरकारलाई भने लिज सम्झौताले प्रतिवर्ष राजस्वबापत करिब ४ देखि ५ करोड रूपैयाँ प्राप्त हुनेछ।

लिज प्रक्रियामाथिको भ्रम र यथार्थ

बोलकबोलमा टेन्डर पारे पनि लिज प्रक्रिया गलत भएको भनेर बजारमा हल्ला फैलाइएकोप्रति थामसेर्कु ट्रेकले आपत्ति जनाएको छ। थामसेर्कुले भवन निर्माण गर्न १२ करोड ६७ लाख ६९ हजार ९ सय ४१, सेवा सुविधा र विविधबापत ६ करोड ६१ लाख ९५ हजार ९ सय ८६ र भाडा १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ गरी कूल एक अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ कबोल गरी टेन्डर दर्ता गराएको ट्रस्टको कार्यालयबाट प्राप्त भएको छ। तर, नेपाल ट्रस्टको कार्यालयको कमजोरीका कारण कबोल रकमलाई अन्य अर्थ लगाएर प्रतिवर्षका दरले गुणा गरी कूल ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैयाँ बनाएर सम्झौता गर्न २०७३ फागुन २८ मा थामसेर्कुलाई पत्र काटेको पाइएको छ।

सम्झौता गर्न ट्रस्टले थामसेर्कुलाई पठाएको पत्र

थामसेर्कुले आफूले कबोल गरेको रकम ६ अर्बको नभएको भन्दै सम्झौता नगर्ने भनी २०७३ फागुन २४ गते ट्रस्टको कार्यालयलाई पत्र बुझाएको भेटिएको छ। ट्रस्ट कार्यालयले वास्तविकता छानबिन गरेपछि थामसेर्कुको कबोल रकम १ अर्ब ५९ करोड ४० लाख ५२ हजार ४ रूपैयाँ रकममै लिज सम्झौता गर्न २०७४ वैशाख ६ गते पुनस् पत्र पठाएपछि काम अघि बढाएको प्रमाण भेटिएको छ। तर, गलत प्रचार बढी भएको भन्दै लिज प्राप्त गर्ने कम्पनीले वास्ताविकता बुझ्नसमेत सबैलाई विज्ञप्तिमार्फत् आग्रह गरिसकेको छ।

कबोलभन्दा फरक रकम भएपछि थामसेर्कुले सम्झौता नगर्ने भनी ट्रस्टलाई दिएको जवाफी पत्र।

कबोलअनुसारकै रकममा सम्झौता गर्न आउनु भनि ट्रस्टले पुनस् थामसेर्कुलाई पठाएको पत्र।

एक आना जग्गाको भाडा २५ करोड बुझाउन कति सम्भव ?

भ्रम सिर्जना गराएर बद्‍नाम गराउन ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रकमको सम्झौता भनि गलत प्रचार भएको थामसेर्कुले जनाएको छ। यो रकम प्रतिआना करिब २५ करोड हुन आउँछ, यो पत्याउन सकिने विषय नभएको थामसेर्कुको तर्क छ। दरबारमार्गमा भाडादर मात्र २५ करोड बुझाएर लिज लिन आउने कोही भए सम्पर्क गर्नसमेत भ्रम सिर्जना गराउनेप्रति थामसेर्कुले अनुरोध गरेको छ। ‘आउनुस् हस्तान्तरण गर्न तयार छौं,’ थामसेर्कु स्रोतले भन्यो। सामान्य विषयलाई सम्भावना भन्दामाथि बनाएर प्रकाशन गर्नु सञ्चार जगतले पनि सोच्नुपर्ने विषय भएको र जबरजस्त खबर बनाउनुको पछाडि केही स्वार्थ भएको हुनसक्ने थामसेर्कुको आरोप छ।

विवादको सुरुआत

महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा वास्तविक कुरा नबुझी र सम्पूर्ण लिज प्रक्रियाका कागजात नहेरी बेरुजु भनी उल्लेख गरेपछि विवाद सुरु भएको थियो। तर, नेपाल ट्रस्टको कार्यालयले गल्ती गरी कबोल रकमलाई प्रतिवर्षको दरमा गुणा गरेको थियो। सोही पत्रका आधारमा महालेखाले कच्चा प्रतिवेदन तयार गरेको आरोप छ। त्यसपछि विवाद सिर्जना भएको थामसेर्कुले जनायो।

प्रश्नः कुशल व्यवसायीमाथिको प्रहार कति जायज ?

सरकारलाई पर्यटन क्षेत्रबाट सबैभन्दा धेरै राजस्व बुझाएर पटक(पटक पुरस्कृत भइसकेको थामसेर्कु ट्रेकिङ प्रालिमाथि नेपाल ट्रस्टको जग्गा लिज लिएकै विषयमा गलत प्रचार गरी प्रहार गर्नु कति जायजरु स्वार्थभन्दा माथि उठेर बस्ने आम नेपालीले प्रश्न गर्न थालेका छन्। स्वार्थले लिप्त भएर विभिन्न सञ्चारमाध्यमलाई प्रयोग गर्दे जथाभावी गलत प्रचार गरी भ्रम फैलाउने काम गरेको भन्दै यसले राज्यलाई फाइदा नपुग्ने थामसेर्कुका प्रतिनिधि दिपेन्द्र बस्नेतले बताए। राष्ट्रिय अर्थतन्त्रमा निकै ठूलो हिस्सा ओगटेर राष्ट्रको उन्नतिको पक्षमा रहेका व्यवसायीमाथि आफ्नो स्वार्थपूर्ति नहुँदा जथाभावी भ्रम फैलाउनेप्रति सरकारले कारबाही गर्नुपर्ने बस्नेतको माग छ।

व्यवसायीमाथि राजनीतिक प्रतिशोध

कांग्रेस नेता शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारकै पालामा सम्झौता कार्यान्वयन भएको थियो। सफल व्यवसायीका रूपमा चिनिएका थामसेर्कु ग्रुपलाई पछिल्लो समय कांग्रेस र नेकपाका केही नेताहरूले आक्रमण सुरु गरेको थामसेर्कुको बुझाइ छ। सरकारले उद्योगी व्यवसायीलाई देशको अर्थतन्त्र उकास्न प्रेरित गरिरहेको बेला नेकपाकै स्थायी कमिटीको बैठकमा यो विषयलाई नकरात्मक रूपमा प्रवेश गराउनुलाई गम्भीर रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया