काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि झण्डै पाँच सय पदमा विज्ञापन खुलाएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि बुधबार पाँच सय ४८ पदमा विज्ञापन खुलाएको हो । यो पदका लागि माघ १० गतेसम्म दरखास्त दिन सकिने लोक सेवा आयोगको कार्यालयले जनाएको छ ।

त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ । लोकसेवा आयोगको काठमाण्डाै, धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयमा दरखास्त दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया