धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लाने लागिएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया