काठमाडौं – नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

उनी दुबईबाट आएका चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका पुरुष भने उपचारपछि स्वस्थ भएका छन्।

तपाईको प्रतिक्रिया