प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रका खातिर जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सुरक्षा निकायमा रही देश र जनताका बलिदानी दिने सम्पूर्ण सहिदको सम्झनामा जङ्गीअड्डा परिसरमा आयोजित सहिद सप्ताह कार्यक्रममा उहाँले घाइते सकलदर्जा तथा वीरगतीप्राप्त परिवारजनबाट राष्ट्रका लागि भएको अतुलनिय योगदानको स्मरण गर्दै कृतज्ञता व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष हेमाकुमारी घर्ती, उपाध्यक्ष राधा पाण्डे, नेपाली सैनिक श्रीमती सङ्घकी अध्यक्ष र सदस्य, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, प्रदेशका सहिद परिवारका प्रतिनिधिको सो कार्यक्रममा सहभागीता थियो ।

तपाईको प्रतिक्रिया