काठमाडौं –  काठमाडौंमहानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप (ग्याङ फाइट) हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ धिमालको शव त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया