सुर्खेत – राष्ट्रिय दलित पत्रकार सङ्घ कर्णाली प्रदेशको अध्यक्षमा दैलेखका खगेन्द्र सुनार सर्वसम्मत चयन हुनुभएको छ ।

सङ्घको शुक्रबार सुर्खेतमा भएको प्रदेशस्तरीय भेलाले अध्यक्ष सुनार नेतृत्वको १३ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा सल्यानका भीमबहादुर परियार, महिला उपाध्यक्षमा जाजरकोटका टीका विक, सचिवमा जुम्लाका नौरते नेपाली, सहसचिवमा दैलेखका हिक्मत नेपाली र कोषाध्यक्षमा कालीकोटका अनिता परियार परियार चयन हुनुभएको छ । सदस्यमा वसन्त बागचन (मुगु), पवित्रा भियाल (हुम्ला) मनबहादुर सार्की (डोल्पा), सुभाकर विश्वकर्मा (जुम्ला), कर्ण विश्वकर्मा (कालीकोट), कालीबहादुर नेपाली (जाजरकोट) र प्रतिमा परियार (सुर्खेत) चयन हुनुभएको सङ्घका सचिव नौरते नेपालीले जानकारी दिनुभयो ।

सङ्घको सल्लाहकार समितिमा ललित बसेल, गणेश विसु, मदन विक, वसन्त विक चयन हुनुभएको छ । नवगठित प्रदेश कार्यसमितिले राज्यको पहुँचबाट पछाडि र पिँधमा परेका दलित समुदायका मुद्दाहरु मिडियाको मूल प्रवाहमा ल्याउने, योगदानको दस्तावेजीकरण गर्दै दलित पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिने बताइएको छ । उक्त भेलामा कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधि, पर्यवेक्षक र सहभागीसहित १३० को उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया