भक्तपुर । भक्तपुर प्रदेशसभा क्षेत्र नम्बर १(क) मा उम्मेदवारीको विषयमा नेकपाभित्र विवाद देखिएको छ । 

नेकपा सचिवालय बैठकले आइतबार देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णयसँगै विवाद देखिएको हो । 

निर्णयको विरोधमा सोमबार चागुनारायणका नेकपाका कार्यकर्ताहरुले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै विवाद सतहमा आएको हो । 

असन्तुष्ट रहेका नेकपाका कार्यकर्ताले केहीबेर नारा जुलुस समेत गरेका थिए । 

२०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा पनि ढकाल उम्मेदवार रहेका थिए । उनी हाल नेकपा भक्तपुर जिल्ला कमिटीका सचिव हुन् ।

तपाईको प्रतिक्रिया