भक्तपुर – भक्तपुरमा दाजुको नाममा ट्रायल दिन आएका भाइ प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरव रिमाललाई पक्राउ गरेको हो ।

रिमाललाई राधेराधेस्थित इजी–वे ट्रायल सेन्टरबाट दुई पाङ्ग्रे सवारी साधनको ट्रायल परीक्षामा दाजुको ठाउँमा ट्रायल दिइरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । रिमालले सहोदर दाजु २२ वर्षे पर्शुराम रिमालको नामबाट ट्रायल दिने कोशिस गरेका थिए ।

तपाईको प्रतिक्रिया