![](https://namastetimes.com/wp-content/uploads/2019/10/72853198_2556560381104964_4490264776118632448_n-650x287.png)
काठमाडौं – डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ ।
आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो ।
उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक जितु लोप्चानको स्वर रहेको छ भने शब्द–संगीत विशाल काल्तानको रहेको छ । सो फिल्म आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।