धनगढी – नेपाली कथानक चलचित्र काँडेतारको च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।

चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुर्मुराउनु पर्ने सन्देश दिएको छ ।

सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।

काँडेतारमा नवल खड्का, गौरव पहाडी, सुराविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव लगायतका कलाकारको भूमिका रहेको छ ।

चलचित्र च्यारिटी सोको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने अभियानमा समर्थन जनाउँदै दर्शकले हस्ताक्षरसमेत गरेका छन् । नेपाली भूमि सुरक्षाका लागि काँडेतार लगाउने कुरालाई सम्पूर्ण नेपालीले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने चलचित्रका निर्माता एवम् नायक नवल खड्काले बताए ।

उहाँले आगामी फागुन २५ गतेबाट देशैभर यो चलचित्र प्रदर्शनमा आउने भन्दै चलचित्र हेरिदिन आग्रह गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया