गाईघाट – आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले उदयपुरमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सभासद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हुने छ । शाखा अधिकृत जीवनराज भण्डारीको नेतृत्वमा छ जना कर्मचारी कार्यालयमा कार्यरत रहेका लेखा अधिकृत गुरुप्रसाद दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया