काठमाडौँ । सरकारले ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । 

कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सरकार एक्लैको प्रयासमा सफल नहुने भएकाले यसमा सहकारी, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले पनि सहयोग गर्नुपर्ने स्पष्ट पारे । 

बिहीबारबाट काठमाडौंमा सुरु भएको पोषणयुक्त खाद्यसम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै उनले नेपाल सरकारले दीगो विकास लक्ष्य हाँसिल हुने गरी गरिवी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष जोड दिएको बताए ।  सचिव जिसीले नेपाल सरकारले कृषिजन्य खाद्य बस्तुको उत्पादन गर्दा वातावरणमा प्रतिकूल असर पर्न नदिने योजना तय गरेको बताए । 

सचिव जिसीले वातावरणमा प्रतिकूल असर हुने गरी नेपालले कुनै पनि कृषिजन्य बस्तुको उत्पादन नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडले आयोजना गरेको २ दिने सो अन्तराष्ट्रिय गोष्ठीमा भारत, नेदरल्याण्ड, भियतनाम, बंगलादेश, भुटानलगायतका देशहरुका  कृषि विज्ञहरु सहभागी भएका छन् ।

तपाईको प्रतिक्रिया