रिलिजको दुई दिन अगाडि ‘घामड शेरे’ आफ्नो पूर्व निर्धारित रिलिज मितिबाट सरेको छ।

कात्तिक ८ गते रिलिज हुने भनिएको सिनेमा अब कात्तिक २२ गते रिलिज हुनेछ।

सिनेमा वितरण गर्ने अधिकार पाएको ‘स्टेसन फाइभ’ले सिनेमा सर्नुको जानकारी दिदैं लेखेको स्टाटसले पनि यही संकेत गरेको छ।

‘चलचित्र ‘घामड शेरे’ लाई लिएर हामी भित्र जुन उत्साह र अपेक्षा थियो त्यो उत्साह र अपेक्षासँग मेल नखाने शोज मात्र उपलब्ध हुँदा चलचित्रलाई दूई हफ्ता पछि सार्ने निर्णय गरेका छौँ। हामीलाई बिश्वास गर्नुहुने सम्पूर्ण दर्शकहरु, अहोरात्र खटिएका चलचित्रका कलाकार तथा प्राविधिकहरु र निर्माताहरुलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ’, उसले आफ्नो स्टाटसमा लेखेको छ।

हाल सिनेमा प्रदर्शनका लागि ठूलो चेन मानिएको क्यू एफ एक्सले खोलेको बुकिङमा सिनेमाले मात्र ६ शो पाएको थियो।

यसै मितिमा रिलिज हुने भनिएको ‘पोई पर्‍यो काले’ भने भोलि शुक्रबार नै रिलिज हुँदैछ।

तपाईको प्रतिक्रिया