कास्की– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी १४ मंसिरमा कास्की–२ मा हुने उपनिर्वाचनका लागि विद्या भट्टराईलाई अगाडि सारेको छ । नेकपा कास्कीको शुक्रबार बसेको कार्यसमिति बैठकले भट्टराईको नाम केन्द्रमा सर्वसम्मत सिफारिस गरेको हो । उनी पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र्र अधिकारीकी पत्नी हुन् ।

मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। नेकपाबाट पहिला वामदेव गौतमको नाम चर्चामा रहे पनि उनले आफू उम्मेदवार नहुने घोषणा गरेका थिए। 

त्यसपछि अरु थुप्रै आकांक्षी देखिएका थिए। तर क्षेत्रीय निर्वाचन कमिटी बनिनसकेको हुँदा जिल्लाले नै रवीन्द्रकी श्रीमती विद्यालाई नै उम्मेदवार बनाउने निधो गरी केन्द्रलाई सिफारिस गरेको हो। 

तपाईको प्रतिक्रिया