काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धि विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएको हो । प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्रीपरिषद्माा छ । भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी समेत दिए ।

कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका प्रतिनिधिले प्राधिकरण विभाजन गर्ने निर्णय विरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया