प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फरेन्स्मार्फत संयुक्तरुपमा आज शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरबार र उहाँका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गर्नुभएको हो ।

PsLs[t hfFrrf}sLsf] pb\3f6g sf7df8f}F, & df3 M l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifb\sf] sfof{noaf6 k|wfgdGqL s]kL zdf{ cf]nL / ef/tLo k|wfgdGqL g/]Gb| df]bL dª\unaf/ lj/f6gu/l:yt PsLs[t eG;f/ hfFrrf}sLsf] lel8of] sGkm/]G;dfkm{t ;+o’Qm?kdf pb\3f6gkl5 s’/fsfgL ub{} . t:jL/ M gjLg kf}8]n, /f;;

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो । विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।

तपाईको प्रतिक्रिया