काठमाडौं – उपत्यकामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हटेको छ । कोरोना महामारीका कारण लामो समयदेखि जोर-बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने गरिएको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोरबिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

आजबाट सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका सवारीहरु चल्न पाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया