काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ ।

पूर्वानुमानमा पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबार पनि देशैभरीको मौसममा बदली हुने जनाएको छ ।

आज दिउँसो देशको मध्य क्षेत्रमा, पूर्वी क्षेत्र, पश्चिमी पहाडी क्षेत्र र तराईका क्षेत्रमा आंशिक बदली हुनेछ । यसैगरी, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । साथै पहाडी क्षेत्रका केही स्थानमा भने पानी पर्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया