काठमाडौं – नारीको सौन्दर्य र आकर्षणमा कपालको पनि विशेष महत्व रहने गर्दछ । सायद, त्यसैले पनि होला उनीहरु कपालका लागि निकै मिहिनेत समेत गर्दछन् ।

तर, पछिल्लो समय फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको प्रतिक कपाल मुन्डन गराउन थालेका छन् ।

केही पहिले अभिनेत्री दीपशिखाले फिल्म ‘प्रेमलिला’का लागि आफ्नो कपाल मुन्डन गरेकी छन् । त्यसपछि अहिले प्रदर्शनरत फिल्म ‘जाइरा’ अभिनयका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो कपाल मुन्डन गरिन् ।

अहिले फेरि अर्की अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गराएकी छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको छायाँकनरत फिल्म ‘आमा’का लागि पन्तले कपाल मुन्डन गरेकी हुन् । फिल्मको कथाको माग अनुसार आफूले कपाल मुन्डन गराएको अभिनेत्री पन्तले बताइन् ।

‘‘आमा’ पुरै टिमको राम्रो फिल्म बनाउने प्रयास रहेको छ’ पन्तले भनिन्, ‘फिल्मको दृश्यले काटेको कपाल मागेपछि मैले कपाल मुन्डन गराएकी हुँ ।’

हुन त फिल्मको यस्ता दृश्यका लागि पहिले पहिले वीक प्रयोग गर्ने गरिन्थ्यो । वीकले रियालटी जस्तो नदेखिने भएकोले आफुले कपाल मुन्डनै गराएको पन्तले सुनाइन् ।

‘आमा’मा सुरक्षाको अलवा मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

तपाईको प्रतिक्रिया