काठमाडौं – सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघ भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। 
  
आफूसमेत पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएको बताउँदै बाँस्कोटाले एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी आरोप लगाउँदै बाँस्कोटाले यस्तो बताएका हुन्। 

‘अब कमिशन पत्रकारिता धेरै चल्दैन, पत्रकारिता व्यावसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्न सक्ने वातावरण बन्नुपर्छ’, उनले भने। 

 सरकारले समृद्ध नेपाल, गरीब पत्रकारिता’ को अवधारणा नलिएको बताउँदै मन्त्री बाँस्कोटाले अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्नेमा जोड दिए।
 
 मन्त्री बाँस्कोटाले पत्रकारको हकहितभन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने स्पष्ट पारे। आफू मन्त्री भएपछि पाँच करोड ३४ लाखको पत्रकारिता कल्याण कोष स्थापना गरेको र अब त्यसलाई बढाएर रु १० करोड पुर्‍याइने जानकारी दिए। 

शङ्काका भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै उतले गल्ती गर्नेलाई छाड्न नहुने बताए।  पत्रकारिता अझै विश्वसनीय र खोजमूलक बन्नुपर्छ भन्दै उनले पूर्वाग्रह राखेर समाचार नलेख्न पत्रकारलाई आग्रह गरे। 

 उनले पत्रकारितालाई अब भजन, मिशन र पार्टी पत्रकारिताबाट माथि उठाएर ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा जोड्नुपर्ने बताए।   

 कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासङ्घको दबाबपछि नै ‘प्रेस जगत्लाई सङ्कुचन गराउने मिडिया विधेयक’ सच्याउन सरकारले समिति बनाएर छलफल गरिरहेको जिकिर गरे। 

तपाईको प्रतिक्रिया