चितवन – चितवनको माडी नगरपालिकामा एक मानसिक समस्या भएकी महिलालाई बलात्कार गरेको आरोपमा तीन विद्यार्थी समातिएका छन् ।

माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए । पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् ।

माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ । आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको छ ।

उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया