रसुवा – रसुवा जिल्लाका ‘स्वस्थ र शिक्षित सामाज निर्माण’ अभियानका सामाजिक अभियान्ता नर्स प्रतिमा लामाले कोरोना महामारी सुरूवात पश्चात् कोरोननबाट आफू बचौं र अरूलाई पनि बचाऊ अभियान अंगिकार गरेका हुन । यी दुवै अभियन अन्तर्गत नर्स प्रतिमाले साविक बृद्धिम गाविस तथा हालको गोसाइकुण्ड गाँउपालिका वडा नम्बर ३ स्थित बृद्धिम स्वास्थ्य चौकीलाई अक्सिजन लगायत महत्त्वपूर्ण स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।
पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड(१९ को संक्रमण रसुवामा पनि तिव्र रुपमा फैलिएर कति जनाले तत्काल अक्सिजनको अभावको कारण ज्यान गुमाउनु परेको र कति जनालाई प्रभावित भएकोअवस्थालाई मध्यनजर गरि नर्स प्रतिमाले आगामी दिनमा त्यस्तो समस्यबाट साविक बृद्धिम गाविसाका कुनै पनि मानिसहरुले अकालमा ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य सामग्री वितरण गरेको नर्स लामाले बताइन् ।
सामाजिक अभियानता प्रतिमाले बृद्धिम स्वास्थ्य चौकीलाई अक्सिजन १ थान, नेवुलाईजर मेसिन ४ थान , पल्स अक्सिमिटर २ थान , फोल्डिङ बेड १ थान, म्याट्रिस १ थान, पिलो १ थान, सेनिटाईजर २ जार, सर्जिकल माक्स ४ बाकस, वितरण गरेका हुन् ।
प्रतिमाले सरकारको एक द्वार प्रणाली अनुसार गोसाईकुण्ड गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष ल्हाक्पा ग्याल्बु तमाङ मार्फत स्वास्थ्य चौकीलाई वितरण गरेका हुन ।
सामाजिक अभियनता प्रतिमाको सामग्री वितरण कार्यक्रममा गोसाईकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तमाङ, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष कर्न्याल लामा, गाँउकमिटी अध्यक्ष दावा मिङमार तमाङ र वडा नम्बर ५ वडा अध्यक्ष सिंगी दिण्डुब तमाङ लगायतको बृद्धिम बासीहरूको सहभागितामा, स्वास्थ्य चौकी इन्चार्ज छिरिङ तमाङलाई हस्तान्तरण गरेका हुन् ।
यसरी आफ्नो वडामा अवस्थित स्वास्थ्य चौकीमा महत्त्वपूर्ण स्वास्थ्य सामग्रीहरू सहयोग गरिएकोमा सामाजिक अभियान्ता नर्स प्रतिमालाई खादा लगाएर धन्यवाद दिदै, अगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको वडा अध्यक्ष ल्हाक्पा ग्याल्बो तमाङले बताए ।
अभियन्ता नर्स लामाले २०७५ बाट आफ्नो कार्य स्थल टिमुरेको आधारभुत विद्यालयबाट सुरू गरेको ूस्वस्थ र शिक्षित समाज निमार्णू अभियानले कालिका गाँउपालिका, नौंकुण्ड गाँउपालिका हुदै आमाछोदिङमो गाँउपालिका र गोसाईकुण्ड गाँउपलिका प्रयः सबै गाँउहरूमा स्वास्थ्य र शिक्षा सम्बन्धि धेरै कार्यक्रमहरू संचालन गरिसकेका छन् ।
उनले कहिला विद्यालयमा सचेतना कार्यक्रम, कहिले शिबिर ,कहिले जेष्ट नागारिक सम्मान ,कहिले पिडितलाई राहत वितरण, कहिले गरिब विद्यार्थीलाई स्वास्थ्य उपचार, महिलाहरूका लागि सेनेटरी प्याड वितरण गरेर महिनावारी शिक्षा दिने कहिले अगलागी पिडितलाई राहत वितरण जस्ता कार्यक्रमहरू संचालन गर्दै रसुवाली जनताको सुख दुःखमा साथ दिदै आइरहेकी छन्।
अब कुनै समय समय मिलेमा उत्तारगया गाँउपालिकामा पनि कार्यक्रम राख्ने ईच्छा रहेको लामाले बताईन् ।
अभियनता नर्स लामा समाजसेवीका रुपमा रसुवामा सबैको मन मनमा बस्न सफल भएका छन्।