मेष

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। निम्ताे आए पनि आतिथ्य खर्चिलाे रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला।

बृष

अध्ययनमा सोचेको प्रगति नहुन सक्छ। तापनि सोमबारदेखि मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिद्वन्द्वीहरूले सहजै हार खानेछन्। व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रेमको बन्धन कसिनेछ भने व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ।

मिथुन

रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।

कर्कट

पहिलेका चुनौती हट्नाले व्यवहारमा फाइदा हुनेछ। तर अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वी परास्त हुनेछन्।

सिंह

लोभन देखाउनेहरूले फसाउन सक्छन्। नयाँ काम गर्न केही समय लाग्नेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।

कन्या

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। इच्छाशक्ति एवं मिहिनेतले राम्रो फाइदा दिलाउनेछ। काममा अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। मानसम्मान प्राप्त हुनेछ भने बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुन सक्छ।

तुला

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।

बृश्चिक

मिहिनेतको प्रतिफल अरूले हत्याउन सक्छन्। नजिकका साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। बुधवारपछि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। फाइदा उठाउन सकिनेछ। औंलो ठड्याउनेहरूलाई पनि जवाफ दिन सकिनेछ।

धनु

तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ।

मकर

व्यवहारमा चुनौतीसँग लड्नुपर्ला। अरूका विषयमा चासो लिँदा पनि झमेला आइलाग्नेछ। तापनि पहिलेका कमजोरी सच्याउँदै दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर प्राप्त हुनेछ। आश्वासन बाँड्नेहरूले धोका दिन सक्छन्।

कुम्भ

चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। समुदायको हितमा विशेष काम गर्न सकिनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

मीन

स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

तपाईको प्रतिक्रिया